- क्यान झापाको क्रियाशीलता : एकै दिन तीनवटा कार्यक्रम
- प्रधानमन्त्री खोज्दै संसद : नाराबाजीमा उत्रिए विपक्षी सांसद
- प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुख पुगे सिंहदरबार, सकारात्मक जवाफ पाएनन्
- टाउकोमा दाउ हानेर श्रीमतीको हत्या
- भारतीय अवरोधपछि काँकडभिट्टा नाकाबाट नेपाली चिया निर्यात ठप्प
सुनसरी– प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ । पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग पनि अवरोध गरेका थिए ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा–५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले घटना अनुसन्धानको क्रममा रहेकाले छानबिन हुने बताए ।
झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ । इनरुवा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
















