१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

बद्नामी कमाउने कुनै काम नगर्न मन्त्रीहरुलाई नेपालको निर्देशन



झापा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने कुनै पनि काम नगर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले इमान्दार र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् ।

उनले राजनीतिक नियुक्ति गर्दा जथाभावी नगर्न पनि मन्त्रीहरुलाई भनेका छन् । पार्टीको समन्वयमा सल्लाहकार र पिए नियुक्त गर्न नेता नेपालले सुझाएका छन् ।

कुनै पनि संस्थामा व्यक्तिको छनोट गर्दा उसको योग्यता, क्षमता र कार्यसम्पादनलाई आधार मानेर जिम्मेवारी दिन अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार ००:००  ६ : ४२ बजे