- समृद्धिका लागि संकल्प यात्रा : झापामा तयारी सुरु
- बिर्तामोडबाट मोटरसाइकल चोर्ने एक जना पक्राउ
- उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो
- राप्रपाका सहसचिव अधिकारीको निधन
- मेचीनगरको देवीगञ्जकी १४ वर्षीया बालिका वेपत्ता, खोजीका लागि परिवारको हार गुहार
बिर्तामोडः सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा भत्तावापत सदस्यलाई एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ । बडादसैँको अवसरमा सहाराले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
सहारा कारोबार र शेयर सदस्यका हिसाबले नेपालको सबैभन्दा ठूलो सहकारी संस्था मानिन्छ । संस्थाका ९३५ जना सदस्यलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरिएको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
कार्यकारी निर्देशक गिरीका अनुसार एकल महिला भत्ताबापत आठ हजार रुपैयाँका दर ५९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई छ हजारका दरले ७२ हजार रुपैयाँ वितरण गरिएको छ ।
२४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ । ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दर भत्ता प्रदान गरिएको छ ।
ज्येष्ठ सदस्यहरुको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको गिरीले जानकारी दिए ।हौसला कार्यक्रमअन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका नौजना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ ।
त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुईदुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँच पटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । सोअन्तर्गत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ । (तस्वीर स्रोत: झापा टुडे)