• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै
 बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै
राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

by Speak २४ आश्विन २०७८, आईतवार ०८:३०

हेटौंडा : बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै छन्। नेकपा एकीकृत समाजवादीका १३ सांसदले समर्थन फिर्ता लिएपछि शाक्य अल्पमतमा परेकी थिइन्।

प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारलाई आह्वान गरिएको छ। शाक्यले विश्वासको मत पाउन भने मुस्किल छ। ५६ सांसदसहित मुख्यमन्त्री बनेकी शाक्यको पक्षमा अहिले ४३ सांसद मात्रै छन्।

सरकार टिकाउन ५५ सांसद चाहिन्छ। साना दलले सघाए पनि शाक्यको पद जोगिने सम्भावना छैन। विपक्षी दलहरूले पनि मुख्यमन्त्री टुङ्गो लगाएका छैनन्।

कांग्रेसले दाबी छाडेसँगै नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बन्न बाटो खुलेको छ। शाक्यले विश्वासको मत प्राप्त नगरेपछि पाण्डेलाई मुख्यमन्त्री बनाउन बहुमतसहित प्रक्रिया अघि बढाउने बिपक्षी गठबन्धनको तयारी छ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.