- कट्टुमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई युवा पक्राउ
- अनमोल केसी रिहा
- काँकडभिट्टाबाट भोलिदेखि समाजवादी पार्टीको मेची महाकाली जागरण यात्रा
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासमा २१५ रुपैयाँ बढ्यो
- औषधि व्यवसायी संघ झापाको अध्यक्षमा खँडका
भद्रपुर–मेची प्रादेशिक अस्पताल भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्ले सेवा शुभारम्भ गरेका हुन् । उनले अस्पताल परिसरमा रहेको अक्सिजन प्लान्टको समेत उद्घाटन गरेका छन् ।
प्रदेश १ सरकारले दिएको ५ करोड १४ लाख ५७ हजार रुपैयाँ बजेटबाट सिटी स्क्यान र अक्सिजन प्लान्ट जडान गरिएको हो । दुवै सेवा सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटीले बताए ।
मेचीमा सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि दुर्घटनामा परी टाउकोमा चोट लागेका वा टाउकोमा अन्य समस्या भएका बिरामीलाई अन्यत्र रेर्फर गर्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालमा जडान भएको प्लान्टले दैनिक ३५ सिलिण्डर अक्सिजन उत्पादन गर्छ । यसले कोरोना संक्रमण भएर आएका विरामीको उपचारमा सहयोग पुग्छ ।