बिर्तामोड–झापाको बिर्तामोड–३ स्थित पुण्डरी चोक निवासी नगेन्द्रप्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मन्दिरलाई दुई थान घण्टी प्रदान गरेका छन् ।
स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा उनले मन्दिरलाई घण्टी दान गरेका हुन् । थपलियाले करिव ८० किलो बराबरको एक लाख १५ हजार मूल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् ।
कार्यक्रममा निर्माण व्यवसायी शेरबहादुर थापा, बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौला, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बासुदेव माझी, सदस्य शिव खरेल, दाता थपलियाकी श्रीमती मेनुका लगायतको उपस्थिति रहेको थियो ।
- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड


















