बिर्तामोड–झापाको बिर्तामोड–३ स्थित पुण्डरी चोक निवासी नगेन्द्रप्रसाद थपलियाले बिर्ताबजारमा रहेको नवदुर्गा मन्दिरलाई दुई थान घण्टी प्रदान गरेका छन् ।
स्वर्गीय बुबा रामप्रसाद र आमा सीता थपलियाको सम्झनामा उनले मन्दिरलाई घण्टी दान गरेका हुन् । थपलियाले करिव ८० किलो बराबरको एक लाख १५ हजार मूल्यका दुई वटा घण्टी सहयोग गरेका हुन् ।