
१० किलो गाँजासहित दुई जना पक्राउ
काँकडभिट्टा– अटो रिक्सामा लुकाइएको १० किलो गाँजासहित मेचीनगरबाट दुई जना समातिएका छन् । आज विहान सशस्त्र प्रहरी टोलीले उनीहलाई पक्रेको हो ।
मे. १ ह ३४७१ को अटो रिक्सा चेकजाँच गर्दा गाँजा भेटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेमबहादुर भण्डारीले बताए ।
पक्राउ पर्नेमा मकवानपुर कालिकाटार–४ बस्ने फुलमाया सिङ्गतान र अर्जुन मोक्तान छन् । अटो रिक्सासहित उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।