• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. झापाका ११ ठाउँमा जिउँदो माछा बिक्री केन्द्र
 झापाका ११ ठाउँमा जिउँदो माछा बिक्री केन्द्र
विजनेस कर्नर

झापाका ११ ठाउँमा जिउँदो माछा बिक्री केन्द्र

by Speak २३ आश्विन २०७८, शनिबार १८:५८

बिर्तामोड– झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालिमार्फत उनीहरुले घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले बिक्री केन्द्रको उद्घाटन गरे । जिल्लाका माछा पालक किसानको उत्पादनलाई बजारीकरणमा सहयोग गर्ने गरी जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रो फार्मका अध्यक्ष अर्जुन राजवंशीले बताए ।

गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोडनगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको हो ।

उपभोक्तालाई ताजा माछा खुवाउन व्यवस्थित बिक्री केन्द्र सञ्चालनमा ल्याएको गाभुर एग्रोका प्रबन्धक अभयराजवंशीले बताए । बिक्री केन्द्रमा पंघास, रहुँ, कमन कार्प, बिग हेड, पम्प्लेट,नैनीलगायतका माछा राखिएका छन् । माछालाई जिउँदो राख्नका लागि बिक्री केन्द्रमा सिसाका एक्यूरेम बनाई अक्सिजन दिने व्यवस्था गरिएको छ ।

जिल्लामा माछा पालक किसानको संख्या दैनिक बढ्दै गए पनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघकाप्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे ।

पाँच जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना बिक्री गर्दै आएको छ ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.