दमक–मेची बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार ८० वर्ष पुगेका १३ जना ज्येष्ठ सेयर सदस्यको बैदिक विधिपूर्वक सामुहिक चौरासी पूजा गरेको छ । चौरासी पूजापछि ज्येष्ठ सेयर सदस्यलाई संस्थाले जनही ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको छ । रजत वर्ष विशेष कार्यक्रम अन्तरगत चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राई थिए । उनले अरुको भन्दा पृथक कार्यक्रम गरेर सहकारीले ज्येष्ठ सदस्यको मन जितेको बताए ।
- बिर्तामोडमा मनोसामाजिक परामर्श सेवा सुरु : वैदेशिक रोजगारीमा जानेलाई पनि सहयोग
- निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण
- बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’, तीन हजार दर्शक सहभागी हुने अनुमान
- बिर्तामोडको किङ्सबरी अब र्याडिसन ब्रान्डमा : थप १०० करोड लगानी गर्ने तयारी
- सर्पदंशबाट नेपालमा वर्षेनि एक हजारको मृत्यु, जनचेतना फैलाउन झापा र मोरङमा कार्यक्रम


















