दमक–मेची बहुउद्देश्यीय सहकारी संस्थाले शनिवार ८० वर्ष पुगेका १३ जना ज्येष्ठ सेयर सदस्यको बैदिक विधिपूर्वक सामुहिक चौरासी पूजा गरेको छ । चौरासी पूजापछि ज्येष्ठ सेयर सदस्यलाई संस्थाले जनही ३० हजार रुपैयाँ र बुढेसकालको सहारा एकथान लौरो प्रदान गरेको छ ।
कार्यक्रममा संस्थाका ७० वर्षभन्दा माथि उमेर समूहका ७० जना ज्येष्ठ सेयर सदस्यहरुलाई पनि जनही १५ सय रुपैयाँ र एकथान लौरो प्रदान गरिएको छ । रजत वर्ष विशेष कार्यक्रम अन्तरगत चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताए ।
चौरासी पूजा तथा ज्येष्ठ सदस्य सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य अर्जुन राई थिए । उनले अरुको भन्दा पृथक कार्यक्रम गरेर सहकारीले ज्येष्ठ सदस्यको मन जितेको बताए ।
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
- राजमार्ग विस्तारले खानेपानी आपूर्तिमा समस्या : सेवा सुधारमा बिर्तामोड खानेपानी प्रतिबद्ध
- मापसे गरेर चलाएको मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु


















