झापा– शब्दपत्र प्रकाशन प्रालिद्धारा प्रकाशन तथा प्रशारण हुँदै आएको ‘शब्दपत्र डटकम’अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
प्रालिले घटस्थापनाको अवसर पारेर विहिवार दुर्गा पञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रालिको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् ।
दुई महिना अघिदेखि सञ्चालनमा आएको शब्दपत्रको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए ।
अवका दिनहरु अनलाइन पत्रकारिताकै पक्षमा भएको भन्दै प्रमुख अतिथि समेत रहेका गिरीले पठनिय र गुणात्मक समाचारमा शब्दपत्र एककदम अगाडी रहेको बताए ।
- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले सवै प्रकारका समाचारलाई प्रकाशन प्रशारण गर्दै आएको छ भने स्थानीय समाचारलाई प्राथमिकतामा राखेर छ ।
शब्दपत्र प्रालिको सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् ।
उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला नेता वासु दुलाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली, सहारा नेपाल साकोस लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीलगायतको उपस्थिति रहेको थियो ।