बिर्तामोड– परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित www.paribeshmedia.com औपचारिकरूपमा सञ्चालनमा आएको छ । घटस्थापनाकाे अवसर पारेर अनलाइन सुरु भएको हो ।
पत्रकार पुष्प खड्काकाे सम्पादनमा याे अनलाइन सञ्चालनमा आएको छ। अनलाइनमा लक्ष्मी प्रसाद बास्कोटा प्रबन्ध निर्देशक छन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले अनलाइनकाे उद्घाटन गरेका हुन्।
उद्घाटनपछि अध्यक्ष गिरीले ज्ञान, सीप र प्रविधिको प्रयाेगमार्फत विश्वसनीय समाचार उत्पादनमा अनलाइन मिडिया लाग्नु पर्ने बताए । उनले अनलाइन मिडिया स्वरोजगार बन्दै गएको बताए ।
- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
झापाका अग्रज पत्रकार लीला बरालले कुनै पनि काम सजिलाे नभएको बताउँदै अरु भन्दा फरक शैलीमा समाचार पढ्न पाउनु पर्ने बताए। अरुबाट सिक्ने बिषयमा पनि पत्रकार संवेदनशील हुनुपर्ने अग्रज पत्रकार बरालले बताए।
नारी सञ्चार गृह झापाकी अध्यक्ष भीमा सिवाकाेटीले चुनाैतीका बीच परिवेश मिडिया अब्बल सावित हुने विश्वास व्यक्त गरिन् । सामाजिक अभियन्ता खिवराज दाहालले सत्य तथ्य सूचनाका लागि परिवेश मिडिया सबैकाे राेजाईमा पर्नु पर्ने बताए।


















