१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु



इटहरी : इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत गएराति इटहरी -१७ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २०प ६७४७ नम्बरको स्कुटरलाई पूर्व आउँदै गरेको ना ६ ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

गम्भीर घाइते दुवैलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो। ट्रक चालक हेटौँडा ९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरी नियन्त्रणमा छन्। मृतकको परिचय खुलेको छैन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार ००:००  ९ : २४ बजे