१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

श्रीमतीलाई १ लाख ६० हजारमा बेच्ने श्रीमान् पक्राउ



काठमाडौं : श्रीमतीलाई भारतको वेश्यालयमा पुर्‍याइ बेच्ने श्रीमान पक्राउ परेका छन् । नुवाकोटका ३४ वर्षीय पुरुष आफ्नै श्रीमतीलाई बेचेको आरोपमा पक्राउ परेका मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता अनुरागकुमार द्विबेदीले जानकारी दिए।

द्विबेदीका अनुसार उनीहरुको प्रेम विवाह भएको थियो । दम्पतीका पाँच जना छोराछोरी छन्। पीडितका श्रीमान्ले २०७१ सालमा १ लाख ६० हजारमा पासाङ तामाङ्ग भन्ने व्यक्तिलाई श्रीमती जिम्मा लगाएका थिए ।

‘सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्ली स्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको र म्हेण्डो तामाङले ३ दिनसम्म आफ्नो घरमा राखी एक जना मान्छेको जिम्मा लगाइ आग्रामा रहेको वेश्यालयमा पुर्‍याएका थिए’, बेचिने महिलाले भनिन्, ‘ ८ महिनासम्म जबरजस्ती वेश्यावृत्तिमा लगाए।’

उनलाई नेपाली राजदुतावास र शक्ति समुहको सहयोगमा विसं. २०७८ जेठ ३१ गते नेपाल फर्काइएको हो। उनले भदौ १ गते यस व्युरोमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दामा जाहेरी दरखास्त दिएकी थिइन् । उक्त मुद्दा दर्ता भइ असोज १३ गतेका दिन फरार प्रतिवादी मध्ये २ जनालाई पक्राउ गरिएको छ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी भइरहेको द्विबेदी जानकारी दिए।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार ००:००  ८ : ४० बजे