४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

प्रहरीको रासन १५ प्रतिशतले बृद्धि



काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् ।

यसअघि रासन वृद्धिको घोषणा गरिए भएपनि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन । नयाँ दर रेट अनुसारको १५ प्रतिशत रासन वृद्धिपछि सालबसाली १ अर्ब १७ करोड बराबर दायित्व थप हुने भएको छ । पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो ।

प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले सुरक्षा निकायले ५० प्रतिशत भत्ता बढाउनुपर्ने प्रस्ताव गृह मन्त्रालयसमक्ष राखेका थिए । तर अर्थ मन्त्रालयले राज्यलाई आर्थिक भार पर्ने भन्दै बढाएको थिएन।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार ००:००  ७ : ५३ बजे