
साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित
झापा–माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ। सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे। श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए। रोमान्चक बनेको खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो।
खेलको ४६औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको फ्रिकिक श्रीलंकाका गोलकिपर तथा कप्तान सुजन परेराले डाइभ हान्दै मुश्किलले बचाए।
५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए।
तर, ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए। खेलको ६७ औं मिनेटमा आयुसले गोलको अवसर खेर फालेका थिए। मनिष डाँगीको पासमा उनको प्रहार श्रीलंकाका गोलकिपर सुजनले बचाए।
- स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
- राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
- मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
- प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
- बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण
खेलको ७४औं मिनेटमा मनिष डाँगी गोलकिपरसँग वान भर्सेस वानको स्थितिमा गोल गर्न। लगत्तै ७५ औं मिनेटमा अन्जनको क्रसमा अनमार्क रहेका आयुसको हेड प्रहारले पोस्टको दिशा लिन सकेन।
खेलको ७७औं मिनेटमा श्रीलंकाका डी सिल्भाको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बचाए। ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए। उनको यो नेपालका लागि पहिलो गोल हो।
त्यसपछि खेलको इन्जुरी समयमा डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३–२ को महत्वपूर्ण जित निकाल्यो। यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ।
लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १(० ले हराएको थियो। श्रीलंकाको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १० ले पराजित भएको थियो।
अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ।