• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. कोरोना कहर
  3. नेपाललाई कोरोनाको थप १० लाख डोज खोप दिने चीनियाँ तयारी
 नेपाललाई कोरोनाको थप १० लाख डोज खोप दिने चीनियाँ तयारी
कोरोना कहर

नेपाललाई कोरोनाको थप १० लाख डोज खोप दिने चीनियाँ तयारी

by Speak १९ आश्विन २०७८, मंगलवार ०६:५५

चीनले नेपाललाई कोरोनाविरुद्धको थप १० लाख डोज खोप नेपाललाई अनुदान दिने भएको छ । चीनियाँ दूतावासले एक साताअघि परराष्ट्र मन्त्रालयलाई खोप दिनेबारे जानकारी गराएको थियो ।

‘चीन सरकारले नेपाललाई थप १० लाख डोज सिनोभ्याक्स खोप उपलब्ध गराउने निर्णय गरेको छ’चीनियाँ दूतावासका प्रवक्ता लु आन सिउतानले भने,‘अनुदानमा सहयोग गरेको खोपले नेपाली जनताको रोगप्रतिरोधी क्षमता विकास गर्न सहयोगी हुने अपेक्षा लिइएको छ ।’ यससम्बन्धी सहयोगका प्राविधिक विषयमा छलफल भइरहेको उनले बताए ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

चीनले नेपाललाई यसअघि २८ लाख डोज खोप अनुदान दिएको थियो । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच पनि सोमबार भेटवार्ता भएको थियो । नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई शिष्टाचार भेटका लागि राजदुत होउ सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा मन्त्री खड्का र राजदूत होउ बीच द्विपक्षीय विविध विषयमा छलफल भएको थियो । साथै, कोरोना भाइरसविरुद्धको खोपको सम्बन्धमा पनि सहकार्य विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.