१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

अखिल क्रान्तिकारीको बन्दसत्रमा नाराबाजी र तोडफोड



काठमाडौं– माओवादी विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम दिन बन्दसत्रमा झडप र कुर्सी तोडफोड भएपछि नेतृत्व घोषणा लम्बिएको छ ।

पत्रकार सम्मेलनबाट नयाँ नेतृत्व घोषणा गर्ने भनेर मिडियालाई साढे ३ बजे कार्की बैंक्वेटमा बोलाएकोमा साँझ सात बजेसम्म हलभित्र विवाद,नाराबाजी र तोडफोड जारी रहेपछि नेताहरुलाई विवाद मिलाउन समस्या परेको छ ।

बन्दसत्र शुरु भए लगत्तै केही प्रतिनिधिले पञ्चा सिंहलाई अध्यक्ष नमान्ने भन्दै विवाद थालेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  ७ : २३ बजे