१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

एमाले अध्यक्ष ओली झापा आउँदै



बिर्तामाेड– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असोज अन्तिम साता झापा आउनु हुने भएको छ । आफैंले आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान समारोहमा सहभागी हुन अध्यक्ष ओली गृह जिल्ला झापा आउने कार्यक्रम तय भएको हाे ।

नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले बडादशैंको अघिल्लो दिन अध्यक्ष ओली शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लाग्नु भएको बताउनुभयो । अध्यक्ष ओलीले बडादशैंको महानवमीका दिन हरेक वर्ष आफैंले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आउनु भएको छ ।

अध्यक्ष ओलीको आयोजना र जिल्ला कमिटी झापाको व्यवस्थापनमा शुभकामना आदानप्रदान र चियापान समारोह हुने पाठकले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  ६ : ४८ बजे