१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अध्यक्ष गिरीद्वारा पत्रकार उपचार कोषलाई २५,५२५ दिने घोषणा



बिर्तामोड– नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक गिरी हाल अस्वस्थ्य छन् ।

स्वस्थ भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने अध्यक्ष गिरीले बताए । दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  ६ : ३७ बजे