७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

नेता नेपाल अस्पतालबाट डिस्चार्ज




झापा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज डिस्चार्ज भएका छन् । नेपालको निजी सचिवालयका अनुसार ज्वरो र खोकीले सताएपछि नेता नेपाल बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केहीदिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् । सल्लाह अनुसार नेता नेपालले केहीदिन घरमा आराम गर्ने नेपालको निजि सचिवालयले जनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको थियो।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार ००:००  १ : ५३ बजे