पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ । खत्रीको पारिवारिक स्रोतका अनुसार उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सोमबार बिहान मर्निङ्ग वाक गरेर घर फर्किएका खत्री बाथरुममा चिप्लिएर लडेका थिए । लडेपछि अचेत बनेका खत्रीलाई सोमबार बिहानै हस्पिटल लगिएको थियो।