१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

सतासीधाममा दुर्घटना हुँदा विद्यालय कर्मचारीको मृत्यु



झापा– शनिबार साँझ शिवसताक्षी–११ शिव चोकस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । साँझ ५ः२० बजे पूर्व पश्चिम राजमार्गमा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको प्र १–०१–०१२ प ७८१९ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकल चालक शिवसताक्षी–११ बस्ने ५५ वर्षिय रामचन्द्र कट्टेललाई सामान्य चोट लागेको थियो । सोही मोटरसाइकलको पछाडि सवार शिवसताक्षी–७ बस्ने ३५ वर्षीय लक्ष्मी भण्डारी घाइते भई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएकोमा उनको आज बिहान मृत्यु भएको हो ।

मृतक शिवसताक्षी नगरपालिका–७ स्थित भगवती माध्यमिक विद्यालयका कर्मचारी हुन् । मोटरसाइकल चालक शिवसताक्षी–७ बस्ने २५ वर्षिय सुवास भण्डारीलाई उपचारपश्चात इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार ००:००  १२ : ०१ बजे