२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

स्वास्थ्य बीमामा ४५ लाख नागरिक सहभागी




झापा–स्वास्थ्य बिमामा नागरिकको पहुँच बढ्दै गएको छ। साढे ५ वर्षमा स्वास्थ्य बिमा बोर्डले ७५ जिल्लाका ७ सय ३६ स्थानीय तहमा पहुँच विस्तार गरेको छ। सरकारले सञ्चालन गरेको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत काठमाडौं, ललितपुरबाहेक देशभर सञ्चालन भइरहेको छ।

सरकारले बीमीतलाई देशभरका ४ सय २८ वटा सेवा प्रदायक अस्पतालबाट सेवा दिइरहेको छ। चालु आर्थिक वर्षमा ललितपुरका ३ स्थानीय तहमा सुरु गर्न थालेको बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले जानकारी दिए।

बिमाको पहुँच बिस्तार गरेसँगै हालसम्म साढे ४५ लाख ५२ हजार ९११ जना नागरिक सहभागी भएका छन्। यो ७५ जिल्लाको कुल जनसंख्या २ करोड ६४ लाख ९५ हजारको १७.८३ प्रतिशत हो।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ००:००  ६ : ५६ बजे