१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

ट्रिपरको ठक्करले माइधारमा बोलेराे चालकको मृत्यु



सुरुङ्गा : पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको माइधारमा आज विहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक-९ भएका ३९ वर्षीय नेत्रबहादुर खडका छन् ।

खड्काले चलाइरहेको को २ च २६३२ नम्बरको बोलेरो गाडीलाई पश्चिमबाट पूर्वतर्फ आइरहेको प्रदेश ३-००१ क ००९५ नम्बरको ट्रिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करपछि बाेलेराे अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिँदा चालक खड्काले ज्यान गुमाएका हुन् । घटनापछि स्थानीयले केहीबेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

घटनापछि ट्रिपर चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ००:००  १ : १८ बजे