
जन्मदिनमा मनिषाको सहयोग
बिर्तामोड–नेपाल पत्रकार महासंघ झापा शाखाकी कार्यसमिति सदस्य मनिषा चम्लागाईँले जन्मोत्सवको अवसरमा पत्रकार सहारा उपचार कोषलाई सात हजार सात सय ७७ रुपैयाँ प्रदान गरेकी छन् । कारोबार दैनिकमा आवद्ध चम्लागाईले आइतवार जन्मोत्सवको अवसरमा झापाली पत्रकारको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेकी हुन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।