बिर्तामोड– एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । एमालेमा छँदा महत्वपूर्ण जिम्मेवारी नपाएका र पछाडि पारिएका नेता-कार्यकर्तालाई समेटेर समाजवादीले संगठन विस्तारको कामलाई अघि बढाएको हो ।
समाजवादी पार्टीले आइतबार बिर्तामोड नगर कमिटी गठन गरेको छ । जिल्ला पार्टी कार्यालयमा आयोजित भेलाबाट श्रीप्रसाद सिटौलाको अध्यक्षतामा नगर कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा कमलप्रसाद भट्टराई र लीलाप्रसाद बराल छन् ।
नगर कमिटीको सचिवमा कृष्ण विष्ट चयन भएका छन् । सदस्यहरुमा गोविन्द बाँस्तोला, कृष्णप्रसाद अधिकारी, हरि नेपाल, भगिरथ लुइटेल, भीमप्रसाद बराइली लगायत छन् ।
त्यस्तै भीमप्रसाद बराइली, जितेन्द्र चौधरी, विन्दा भट्टराई, महेन्द्र दास, गोपाल दियाली, दधिराज सिटौला, यादव खतिवडा, भीमकुमार दुलाल, ओम रेग्मी, हर्क कुँवर, सुरेश आले, पदम गुरुङ, युवराज ओडारी, अनिता खत्री, नेत्र खतिवडा, दामोदर ढकाल, भीमकुमार नाल्भे, रुपनारायण चौलागाई र प्रेम उप्रेती पनि सदस्य छन् ।
- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
समाजवादीले पालिका स्तरमा संगठन बिस्तार गर्ने योजनाअन्तर्गत यसअघि शनिबार दमकमा नगर कमिटी गठन गरेको थियो । जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीले सबै स्थानीय तहमा संगठन निर्माण र विस्तार अभियानलाई तीव्रता दिइने बताउनुभयो ।



















