नेपाली कांग्रेस बिर्तामोडको नगर सभापतिमा भोजराज सिटौला विजयी भएका छन् । उनी ४३ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कुलप्रसाद संग्रौला थिए । सिटौलाले १५९ मत ल्याउँदा संग्रौलाले ११६ मत पाएका छन् ।
उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३ , राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् । अर्को प्यानलका बलराम कार्कीले ११३ र पशुपति राजवंशीले १०७ मत पाएका छन् । त्यस्तै सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् ।
- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
सचिव पदकै प्रत्यासी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले ११५ र अमोदकुमार दाहालले १११ मत ल्याएका छन् ।
मतदानमा २७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।
















