• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. प्रदेश १ का मुख्यमन्त्री आचार्यसँग के छ विकल्प ?
 प्रदेश १ का मुख्यमन्त्री आचार्यसँग के छ विकल्प ?
राजनीति

प्रदेश १ का मुख्यमन्त्री आचार्यसँग के छ विकल्प ?

by Speak १० आश्विन २०७८, आईतवार १८:४८

झापा- प्रदेश १ सरकारमा देखिएको सत्ता संघर्ष निर्णायक चरणमा प्रवेश गर्दैछ । एमाले नेतृत्वको सरकार ढाल्ने विपक्षी दलको अडानका बीच मुख्यमन्त्री भीम आचार्यका विकल्प साँघुरा हुँदै गएका छन् ।

मुख्यमन्त्री आचार्यसँग दुईवटा विकल्प छन् । उनको पहिलो विकल्प भनेको सत्ता बहिर्गमन हो । पदबाट राजिनामा दिएर उनले राजनीतिक इमान्दारी देखाउन सक्छन् ।

मुख्यमन्त्री आचार्यसँग अर्को विकल्प पनि छ । प्रदेश सभामा विश्वासको मत लिने विकल्पमा मुख्यमन्त्री आचार्य जान सक्छन् ।  उनी अहिले विश्वासको मत लिने मनस्थितिमा छन् ।

तर संसद भित्रको अंकगणित भने मुख्यमन्त्री आचार्यका लागि कुनै पनि हिसाबले अनुकूल देखिँदैन । एमाले विभाजित भएपछि त्यसको असर प्रदेश सरकारको निरन्तरतामा परेको हो ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । तर, त्यस अगाडि नै मुख्यमन्त्री आचार्यलाई राजीनामा गर्न लगाउने र नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको तयारी छ ।

गठबन्धनमा आवद्ध दलले मुख्यमन्त्री आचार्यलाई असोज ८ गतेभित्र राजिनामा दिन आग्रह गरेका थिए । तर, मुख्यमन्त्री आचार्य राजीनामा गर्न तयार नभएपछि उनीहरुले विशेष अधिवेशन माग गरेका छन् ।

मुख्यमन्त्री आचार्य राजीनामा नगर्ने बरु संसदबाट विश्वासको मत लिएर छोड्ने अडानमा छन् । प्रदेश १ मा एमालेका १० जना सांसदले दल त्याग गरेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

९२ सांसद रहेको प्रदेश १ सभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन, संघीय लोकतान्त्रिक मञ्चका एक र राप्रपाका एकजना सांसद छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीसँग ४६ सांसद छन्, जब कि बहुमतका लागि ४२ सांसद भए पुग्छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.