१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

माइजोगमाईमा रामकुमारी आउँदै




नयाँबजार– नेकपा समाजवादी माईजोगमाई गाउँपालिकाको कार्यालय उद्धघाटन कार्यक्रममा पार्टीकी सचिव रामकुमारी झाँक्री आउने भएकी छन् ।

असोज १६ गते माईजोगमाई गाउँपालिका–१ नयाँबजारमा स्थापना हुने पार्टी कार्यालय उद्धघाटन एवम कार्यकर्ता प्रशिक्षणका लागि झाँक्री आउने जिल्ला सदस्य एवम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीको गाउँपालिका कमिटीलाई समेत पूर्णता दिने तयारी रहेको छ । हाल नेकपा समाजवादीको अध्यक्ष र सचिव मात्र तोकिएको छ ।

नेकपा समाजवादीको गाउँपालिका अध्यक्षमा जीतबहादुर निरौला र सचिवमा प्रविन राईलाई चयन गरिएको छ । माईजोगमाईमा ६५ सदस्यीय गाउँपालिका कमिटी चयन हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ००:००  ५ : ४६ बजे