१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

श्रीमतीलाई छुरा हान्ने पक्राउ



फिदिम– श्रीमतीलाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले पाँचथरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका-१ हुलाक लाइनमा डेरा गरी बस्ने ३५ वर्षका विशाल राई रहेका छन् ।

श्रीमतीलाई छुरा हानेर घाइते बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। सामान्य घरायसी विवादमा राईले श्रीमतीलाई छुरा हानेका हुन् ।

श्रीमान् श्रीमतीको झगडा छुट्याउन जाँदा छिमेकी प्रदेश राई, पुष्पा राई र एलिसा राई घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य छ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ००:००  ५ : २८ बजे