काँकडभिट्टा– कोरोना भाइरसको संक्रमण घट्दै गएपछि सरकारले भारतसँग जोडिएका सबै सीमा नाका खुलाउने निर्णय सार्वजनिक गर्याे । तर, मन्त्रिपरिषद् बैठकले पाँच दिनअघि नाका खुलाउने विषयमा गरेको निर्णय भने अझै कार्यान्वयन भएको छैन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमा क्षेत्रमा अन्योल बढेको छ ।
भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने सरकारी निर्णय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सीमावर्ती क्षेत्रमा आउजाउ गर्नेको भीड बढेको छ । तर, सरकारी निर्णय अनुसार नाका नखोलिँदा नागरिक अन्योलमा छन् । नाका खोल्ने विषयमा माथिल्लो निकायको आदेश पर्खिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए ।
सवारीसाधन लिएर नाका पार गर्न पुगेका नेपाली र भारतीय नागरिक सीमाबाट फर्किरहेका छन् । माथिल्लो निकायबाट निर्देशन नआएकाले नाकामा पुरानै नियम लागू गरिएको छ । पैदलयात्री बाहेक अन्यलाई प्रवेश दिइएको छैन् । नाका खोलिएको भनिए पनि त्यसलाई औपचारिकता दिन ढिलाई भएको हुनसक्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् ।
- झापा आइपुगे एमाले अध्यक्ष ओली
- माघ महिनाका लागि निक्षेपको ब्याजदरमा कटौती
- राष्ट्रिय परिवर्तन पार्टीद्वारा झापा ५ मा उम्मेदवारी दिने घोषणा
- इस्टर्न साहाराद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित
- हल्दीबारी जेसीजमा नितेश खरेलको नेतृत्वमा नयाँ कार्यसमिति
भारतसँग समन्वय नगरी एकतर्फी नाका खोल्ने निर्णयले अन्योल सृजना गरेको जानकारहरुको बुझाई छ । भारतले सीमावर्ती आउजाउलाई अझै खुकुलो बनाइसकेको छैन् । पूर्वीनाका काँकडभिट्टाबाट भित्रिने नेपाली र भारतीय नागरिक कोरोना जाँच रिपोर्ट र खोप कार्डका आधारमा आउजाउ गरिरहेका छन् ।
औपचारिकरुपमा नाका नखुलेसम्म आउजाउमा यसअघि गरिँदै आएको कडाई यथावत राखिएको छ । नियमित जाँचको प्रक्रिया पूरा गरेर मात्रै भारतबाट आउनेहरुलाई प्रवेश दिने गरिएको ल्याव टेक्निसियन हरिचरण सापकोटाले बताए ।














