• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. सीमा नाका खोल्ने सरकारी निर्णय हल्लामा सीमित
 सीमा नाका खोल्ने सरकारी निर्णय हल्लामा सीमित
विजनेस कर्नर

सीमा नाका खोल्ने सरकारी निर्णय हल्लामा सीमित

by Speak १० आश्विन २०७८, आईतवार १६:०८

काँकडभिट्टा– कोरोना भाइरसको संक्रमण घट्दै गएपछि सरकारले भारतसँग जोडिएका सबै सीमा नाका खुलाउने निर्णय सार्वजनिक गर्याे । तर, मन्त्रिपरिषद् बैठकले पाँच दिनअघि नाका खुलाउने विषयमा गरेको निर्णय भने अझै कार्यान्वयन भएको छैन् । सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमा क्षेत्रमा अन्योल बढेको छ ।

भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने सरकारी निर्णय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सीमावर्ती क्षेत्रमा आउजाउ गर्नेको भीड बढेको छ । तर, सरकारी निर्णय अनुसार नाका नखोलिँदा नागरिक अन्योलमा छन् । नाका खोल्ने विषयमा माथिल्लो निकायको आदेश पर्खिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए ।

सवारीसाधन लिएर नाका पार गर्न पुगेका नेपाली र भारतीय नागरिक सीमाबाट फर्किरहेका छन् । माथिल्लो निकायबाट निर्देशन नआएकाले नाकामा पुरानै नियम लागू गरिएको छ । पैदलयात्री बाहेक अन्यलाई प्रवेश दिइएको छैन् । नाका खोलिएको भनिए पनि त्यसलाई औपचारिकता दिन ढिलाई भएको हुनसक्ने मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना बताउँछन् ।

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

भारतसँग समन्वय नगरी एकतर्फी नाका खोल्ने निर्णयले अन्योल सृजना गरेको जानकारहरुको बुझाई छ । भारतले सीमावर्ती आउजाउलाई अझै खुकुलो बनाइसकेको छैन् । पूर्वीनाका काँकडभिट्टाबाट भित्रिने नेपाली र भारतीय नागरिक कोरोना जाँच रिपोर्ट र खोप कार्डका आधारमा आउजाउ गरिरहेका छन् ।

औपचारिकरुपमा नाका नखुलेसम्म आउजाउमा यसअघि गरिँदै आएको कडाई यथावत राखिएको छ । नियमित जाँचको प्रक्रिया पूरा गरेर मात्रै भारतबाट आउनेहरुलाई प्रवेश दिने गरिएको ल्याव टेक्निसियन हरिचरण सापकोटाले बताए ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.