१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सम्पत्तिका लागि चार टुक्रा पारेर मध्यरातमा महिलाको हत्या



झापा : सम्पत्ति विवादमा महिलाको हत्यामा संलग्न चार अभियुक्त समातिएका छन् । उनीहरुलाई झापा प्रहरीले बुधवार सार्वजनिक गरेको छ । झापा गाउँपालिका–१ माइती भएकी डोली भनिने धोन्नी टुडुको हत्या अभियोगमा झापा प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेमा भारत किसनगञ्जका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु, सोही ठाउँका सिरी साइला भनिने ५६ वर्षीय सोमाइ हेमरम र २७ वर्षीय श्री हेमरम छन् । श्रीमान्को मृत्यु भएको १५ दिनपछि भारत किसनगञ्जबाट माइती घर झापा गाउँपालिका आउँदै गरेकी डोलीको भदौ २४ गतेराति बाटैमा हत्या भएको थियो ।

सानो माइ खोलामा आधा शव भेटिएपछि अनुसन्धान गर्दा हत्या भएको खुलेको हो । अभियुक्तले चार टुक्रा पारेर शव खोलामा बगाएको बयान दिएका छन् । आफन्त र परिवारजन समेतको संलग्नतामा डोलीको हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार ००:००  ८ : २७ बजे