७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आगलागीमा घाइते अर्जुनधाराका खनाल दम्पत्तिको मृत्यु



बिर्तामोड– आगलागी हुँदा जलेर घाइते भएकामध्ये झापाको अर्जुनधाराका एक दम्पत्तिको उपचारका क्रममा गएराति काठमाडौँमा मृत्यु भएको छ । ग्याँस लिक हुँदा भएको आगलागीमा परेर घाइते भएका अर्जुनधारा–७ पुष्पलाल मार्गका रोम खनाल र उनकी श्रीमती दुर्गाको किर्तिपुर अस्पतालमा निधन भएको छिमेकी कमल पोखरेलले जानकारी दिए ।

श्रीमान् श्रीमतीले तीन घण्टाको फरकमा ज्यान गुमाएका हुन् । आगलागीमा घाइते भएका छोरा पंकजको अवस्था भने सामान्य छ । उनी डिस्चार्ज हुने तयारीमा रहेको पोखरेलले बताए । भदौ २६ गते साझ ग्याँस लिक हुँदा खनालको घरमा आगलागी भएको थियो ।

घर जलेपछि खनाल परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ । पोखरेलका अनुसार खनाल दम्पत्तिको काठमाडौंमै अन्त्येष्टि गर्ने तयारी छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार ००:००  ८ : ४७ बजे