शिवसताक्षी–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) शिवसताक्षी नगरको अध्यक्षमा रामकुमार सुहाङ सर्वसम्मत चयन भएका छन् । दोस्रो अधिवेशनबाट तीन वर्ष कार्यकालका लागि क्याम्ब्रिज इङ्लिस बोर्डिङ स्कूल दुधेका प्रिन्सिपल सुहाङ छानिएका हुन् ।
अधिवेशनबाट झिलझिलेको सेभेनसिज इङ्लिस वोर्डिङ स्कूलका कार्यकारी निर्देशक उदय प्रकाश राई उपाध्यक्षमा चयन भएका छन् । सचिवमा कञ्चनजंघा बोर्डिङका प्रिन्सिपल टंकप्रसाद बास्तोला र कोषाध्यक्षमा दिक्षान्त वोर्डिङका प्रिन्सिपल रेवत प्रधान छानिएका छन् ।
सदस्यमा मेची इङ्लिस वोर्डिङ स्कूलका प्रिन्सिपल भीम भट्टराई, निम्बस वोडिङ स्कुलका प्रिन्सिपल बुढाथोकी, न्यु ज्योफ्रिका प्रिन्सिपल चन्द्रप्रसाद गौतम छन् ।
निर्वाचन अधिकृत पशुपति इङ्लिस वोर्डिङ स्कुलका प्रिन्सिपल चन्द्रप्रकाश खनालले सबै पदाधिकारी र सदस्यलाई सपथ गराएका छन् । यसअघि आयोजित अधिवेशनको खुल्ला सत्रमा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताए ।
- वीरता लेडी जेसीजको मानसिक स्वास्थ्य सचेतना
- सुहाङकाे संसदीय यात्रा सुरू
- बिर्तामोडको शनिश्चरे रोडमा खुल्यो ह्वाइट एञ्जल ब्युटी सैलुन
- बिर्तामोड खानेपानीमा भौगोलिक सूचना प्रणाली
- झापामा गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ
कार्यक्रममा एक नम्बर प्रदेशका उपाध्यक्ष मिलनकुमार ढुंगानाले सरकारले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाए पनि विभेद गरेको आरोप लगाए ।कार्यक्रममा नगरकी उपप्रमुख भोजकुमारी नेपाल, नगर शिक्षा अधिकारी उपसचिव सुरेन्द्र दाहाल, वडा नम्बर ११ का अध्यक्ष भैरवकुमार श्रेष्ठ, कमल गाउँपालिकाका प्याव्सन अध्यक्ष बद्री राई, पत्रकार विनोद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।