१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

कैदीबन्दीका लागि बनाइयो नयाँ कारागार भवन



चन्द्रगढी- झापाको भद्रपुरमा कैदीबन्दीका लागि नयाँ भवन बनाइएको छ । झापा कारागार परिसरको दक्षिणी खाली जमिनमा नयाँ भवन निर्माण गरिएको हो ।

६४ लाख रुपैयाँको लगानीमा दुई तले भवन निर्माण गरिएको झापा कारागारका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । प्रशासनिक भवन निर्माणका लागि आएको बजेटबाट कैदीबन्दीका लागि भवन बनाइएको हो ।

भवनको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले संविधान दिवसको अवसर पारेर आज उद्घाटन गरेका छन् । गत फागुनमा शिवरात्रीको अवसर पारेर प्रजिअ तिम्सिनाले भवन शिलान्यास गरेका थिए ।

जीर्ण र पानी चुहिने अवस्थाको पुरानो कारागार भवनमा कैदीबन्दी बस्दै आएका छन्। क्षमताभन्दा बढी कैदीबन्दी राखेर सरकारले उनीहरुलाई सकस दिँदै आएको छ ।

कैदीबन्दीको समस्यालाई बुझेर प्रशासनिक भवन निर्माणका लागि आएको बजेटबाट कारागार भवन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार ००:००  ६ : ११ बजे