२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

बिर्तामोडका २५ सय व्यवसायीलाई कोरोनाविरुद्धको खोप



बिर्तामोड– लामो समयको प्रतिक्षापछि झापाको बिर्तामोडका उद्योगी व्यवसायी कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् । उद्योग वाणिज्य सङ्घको अग्रसरतामा यहाँका व्यवसायीलाई खोप लगाइएको हो ।

संघमा आवद्ध भएर नियमित व्यवसाय गरिरहेका २५ सय जना व्यवसायीलाई खोप लगाइने बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।