१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

अपाङ्गता भएकालाई युनिकमको खाद्य सहायता




बिर्तामोड– नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले वीरता जेसीजसँगको सहकार्यमा अपाङ्गता भएकाहरुलाई शुक्रवार खाद्यान्न वितरण गरेको छ । बिर्तामोड–१० का ३५ जना अपाङ्गता भएका नागरिकलाई चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री वितरण गरिएको हो ।

दैनिक गुजारा चलाउन समस्या भएका अपाङ्गता भएका नागरिकलाई राहत उपलब्ध गराइएको युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले बताए ।

वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य तथा राहत वितरण कार्यक्रमका संयोजक कुमार भट्टराई, अपाङ्गता स्वालम्बन संस्थाका अध्यक्ष दीपक थापा विर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का लगायतले बोलेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार ००:००  ८ : ४९ बजे