८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भद्रपुर नगरपालिका प्रदेश सरकारबाट सम्मानित




गंगा बराल –
भद्रपुर–झापाको भद्रपुर नगरपालिका प्रदेश १ सरकारबाट सम्मानित भएको छ । ५७ औं राष्टिय बाल दिवसको अवसर पारेर प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो । भद्रपुर प्रदेशको पहिलो बालमैत्री नगरपालिका हो ।

सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले भद्रपुर नगरपालिकालाई सम्मानपत्र हस्तान्तरण गरे । भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नगर बाल सञ्जालकी अध्यक्ष आराध्या प्याकुरेल, नगरपालिकाका बालमैत्री फोकल पर्सन टीकाराम पाण्डे, बालमैत्री अभियानकर्मी फणिन्द्र दाहालले संयुक्तरुपमा सम्मानपत्र ग्रहण गरेका छन् ।

समारोहमा सामाजिक विकास मन्त्री साम्सोहाङले बालबालिकाको क्षेत्रमा भद्रपुर नगरपालिकाले गरेका क्रियाकलाप र लगानीको प्रशंसा गर्दै अन्य स्थानीय तहले पनि अनुशरण गर्नुपर्ने बताए । भद्रपुर नगरप्रमुख श्रेष्ठले अभियानका क्रममा गरिएका क्रियाकलाप र अनुभवहरु बारे चर्चा गर्दै थुप्रै चुनौतीका बीच अभियान सफल भएको बताए ।

बिरामीलाई फलफूल
बाल दिवसको अवसर पारेर भद्रपुर नगर बाल सञ्जालले मंगलबार मेची अस्पतालका बिरामी बालबालिकालाई फलफूल वितरण गर्नुका साथै भद्रपुर ४ स्थित नागरिक अपांगग्राममा संरक्षणविहीन बालिका दिपशिखा पुरीलाई पुनस्र्थापना गरिएको फोकल पर्सन टिकाराम पाण्डेले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार ००:००  ८ : ४९ बजे