झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने बताएका छन्। उनले माओवादी केन्द्र पनि उही हालत र अवस्थामा पुगेको भन्दै व्यङ्ग्य गरे।
‘माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन’, पार्टी विभाजनपछि पहिलोपटक गृह जिल्ला झापामा मंगलबार आयोजित कार्यकर्ता भेलामा अध्यक्ष ओलीले भने, ‘माओवादीलाई पनि वडा तहमा जित्न हम्मे हम्मे छ।’
एमालेभित्र बसेर वरिष्ठ नेता माधव नेपालले लामो समय राजनीतिक बेइमानी प्रस्तुत गरेको जनाउँदै अध्यक्ष ओलीले एमाले फुटाउने प्रयत्न असफल भएको बताए। ‘माधव नेपालले जनताको भोटप्रति गद्दारी र पार्टीप्रति बेइमानी गरे’, अध्यक्ष ओलीले भने, ‘हिजो पार्टी चलाउन नसकेर महासचिवबाट राजीनामा दिएर हिँडेको इतिहास साक्षी छ।’
- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
- स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
अध्यक्ष ओलीले प्रचण्डको पछाडि लागेर आफ्नो राजनीतिक भविष्य बर्बाद नगर्न माओवादी केन्द्रका नेता कार्यकर्तालाई आग्रह गर्दै एमालेमा आउन अपिल पनि गरे।
नेकपा एमालेलाई कमजोर र धरासायी बनाउने सबै किसिमका षड्यन्त्र समाप्त भएको बताउँदै अध्यक्ष ओलीले गृह जिल्लाका नेता–कार्यकर्तालाई आगामी निर्वाचनमा जित्ने गरी एकताबद्ध भएर पार्टी संगठन विस्तारको अभियानमा जुट्न निर्देशन दिए।
















