१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

बिर्तामोडका दुई हजार व्यवसायीलाई कोरोनाको खोप



बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । संघमा आवद्ध व्यवसायीलाई भेरोसिल खोपको पहिलो मात्रा लगाउने तयारी गरिएको हो ।

असोज २ र ३ गते कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने तयारी छ ।

संघमा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीले सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपीका आधारमा खोप लगाउन पाउने संघका प्रवक्ता सञ्जीव घिमिरेले बताए ।

पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई खोप लगाइने छ । पहिलो डोज लगाइसकेका व्यवसायीले भने दोस्रो डोज लगाउन पाउने छैनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार ००:००  ७ : ०६ बजे