बिर्तामाेड– नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा नेता देउमान थेबेले पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज दिउँसो बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेता थेबेले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसअघि नेपाली कांग्रेस झापाको उपसभापतिको जिम्मेवारी समालिसकेका नेता थेबे लामो समयदेखि राजनीतिमा सक्रिय छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको समेत अनुमतिमा आफूले उम्मेदवारीको घोषणा गरेको नेता थेबेले बताए ।
- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
यसअघि नेपाली कांग्रेस झापाका वर्तमान उपसभापति राम कट्टेलले दुई महिनाअघि नै जिल्लाको नेतृत्व समाल्ने गरी सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए ।



















