बिर्तामाेड– नेपाली कांग्रेसको आसन्न जिल्ला अधिवेशनमा नेता देउमान थेबेले पार्टी सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज दिउँसो बिर्तामोडमा पत्रकार सम्मेलन गरी नेता थेबेले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
यसअघि नेपाली कांग्रेस झापाको उपसभापतिको जिम्मेवारी समालिसकेका नेता थेबे लामो समयदेखि राजनीतिमा सक्रिय छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको समेत अनुमतिमा आफूले उम्मेदवारीको घोषणा गरेको नेता थेबेले बताए ।
- लीला अनमोललाई ‘मनोजबाबु ओली साहित्य पुरस्कार’
- झापा रक स्टारको ग्र्याण्ड फिनाले असार २६ गते
- अर्जुनधारामा दुई करोडको व्यावसायिक लन्ड्री उद्योग
- ड्रक्स खाएर बस चलाउने ५ जना चालक पक्राउ
- वित्तीय कारोवारमा सिम्रिक सहकारी उत्कृष्ट
यसअघि नेपाली कांग्रेस झापाका वर्तमान उपसभापति राम कट्टेलले दुई महिनाअघि नै जिल्लाको नेतृत्व समाल्ने गरी सभापति पदमा उम्मेदवारी घोषणा गरेका थिए ।


















