• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. राजनीति
  3. क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘ख’ को सभापतिमा रिमालको उमेद्वारी
 क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘ख’ को सभापतिमा रिमालको उमेद्वारी
राजनीति समाज

क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘ख’ को सभापतिमा रिमालको उमेद्वारी

by Speak २५ भाद्र २०७८, शुक्रबार ०९:२६

बिर्तामोड– सत्तारुढ दल नेपाली कांग्रेस यतिबेला पार्टीको आन्तरिक निर्वाचनमा व्यस्त छ । १४ औँ महाधिवेशनका लागि पार्टीको वडा तहबाट कांग्रेसले निर्वाचन सुरु गरेको हो । पार्टीभित्र प्रतिस्पर्धी क्षमताको विकासका लागि पनि आन्तरिक निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ ।

वडा तहको निर्वाचन सम्पन्न भइरहँदा नगर र क्षेत्रको निर्वाचन पनि नजिकमा छ । यसका लागि कांग्रेसीजन उमेद्वारी घोषणा र चुनावी प्रचारमा लागिरहेका छन् । पार्टीभित्र युवा पुस्ताको पकड हुनुपर्छ भन्ने मान्यताका आधारमा धमाधम उमेद्वारी घोषणा भइरहेका छन् ।

झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘ख’ को क्षेत्रीय सभापतिका लागि युवा नेता बिष्णुप्रसाद रिमालले उम्मेद्वारी घोषणा गरेका छन् । ‘राजनीतिमा युवा पुस्ताको सक्रियता समयको माग र आवश्यकता बन्दै गएको छ’, युवा नेता रिमालले स्पीक कर्नरमा भने, ‘त्यसैका लागि क्षेत्रीय सभापतिमा मेरो उमेद्वारी हो ।’

  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रिमाल जोश, जाँगर र उत्साहका धनी छन् । त्यसलाई पार्टीको संगठन विस्तार र अभियानमा जोड्न सकिन्छ भन्ने उनलाई लागेको छ । ‘मेरो सक्रियताको प्रयोग पार्टीले गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु’, रिमालले भने । २०५७ सालमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाइ सभापति भएका रिमाल प्रदेश क्षेत्र ‘ख’ का सचिव समेत हुन् ।

भ्रष्टाचारविरुद्धको अभियानका सक्रिय स्वयम्सेवी रिमाल २०६० तिर प्रो.पब्लिकको असल शासन कार्यक्रममा पनि सहभागी थिए । उनको सामाजिक सक्रियता त्यसैबाट सुरु भएको हो । पत्रकारितामा पनि सक्रिय रिमाल चारआली जेसीजका संस्थापक अध्यक्ष हुन् । राजनीतिमा युवा पुस्ताको सक्रियता बढ्दै गए मात्र देशले विकासको गतिलिन सक्ने उनी बताउँछन् ।

२०६२ देखि रिमाल कांग्रेसको क्रियाशील सदस्य छन् । राजनीति उनको रुचिको विषय हो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रिमाल अन्तर्राष्ट्रिय कुटनीतिमा विद्यावारिधि गर्ने तयारीमा छन् । रिमालको लोभलाग्दो सक्रियता देखेर २०७२ सालमा कांग्रेसले उनलाई झापा क्षेत्र नम्वर १ को क्षेत्रीय समिति सदस्यमा मनोनित पनि गरेको थियो ।

राजनीतिक विश्लेषण गर्न सक्ने क्षमताका रिमाल शैक्षिक अभियानमा पनि सामेल छन् । अध्ययन तथा लेखनमा पनि उनको दख्खल छ । उनी युनिक इङ्लिस बोर्डिङ स्कुल मेचीनगर–१२ सहरेडाँगीका एकल सञ्चालक हुन् ।

https://fb.watch/7WzDKcDk1p/

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.