१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

बुवाको मुख हेर्ने दिन जेसीजलाई एकलाख २२ हजार सहयोग




बिर्तामोड–झापा बुद्धशान्ति–१ को चापागाई परिवारले बुधबारे जेसीज सचिवालय भवन निर्माण गर्न १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग गरेको छ । इन्द्रप्रसाद चापागाईं र उनकी धर्मपत्नी जमुनादेवी र उनका कान्छा भाइबुहारी बीरेन्द्र तथा तुलसा चापागाईले उक्त रकम सहयोग गरेका हुन् ।

दिवंगत बुवा तथा ससुरा नन्दप्रसाद चापागाईको स्मृतिमा बाबुको मुख हेर्ने दिनको अवसर पारेर चापागाई परिवारले उक्त रकम सहयोग गरेको बुधवारे जेसीजका अध्यक्ष अनिल वाग्लले बताए ।

चापागाई परिवार हाल काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मा बस्दै आएको छ । १९९० असार २० गते इलामको शान्तिपुर–२ चैनपुरमा जन्मिएका नन्दप्रसादको २०७१ जेठ ३० गते झापाको बुद्धशान्ति–१ भोटेटारमा निधन भएको थियो ।

सामाजिक सेवामा सक्रिय बुवाको स्मृतिमा जेसीजको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको दाता इन्द्रप्रसादले बताए ।

बुद्धशान्ति गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत समेत रहेका चापागाईँले श्रीमती जमुनाको जन्मदिनको अवसर पारेर बुधबारे जेसीजलाई केही महिनाअघि २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

चापागाईले बुबा नन्दप्रसादको स्मृतिमा बुद्धशान्ति गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय भवनको मूल प्रवेशद्वार गेट निर्माणका लागि ६ लाख ५० हजार रुपैँया सहयोग समेत गरेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार ००:००  १२ : २६ बजे