झापा– दाजुको हत्या गरेको अभियोगमा प्रहरीले उनका भाइलाई गएराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ का ३७ वर्षीय रतन राजवंशी छन् । दाजु भात्रु राजवंशीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भात्रुकाे शव आइतबार बिहान बिर्तामोड-४ स्थित डेरामा फेला परेको थियो । भाई रतनले मार्तलले हानेर मारेकाे प्रारम्भिक सूचनाका आधारमा प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
- ‘हामी आउँदैछौं’ अभियानमा रास्वपा, स्थानीय तह निर्वाचन लक्षित परिचालन
- चारपाने युनाइटेड सेमिफाइनलमा
- भोटेकोशी -त्रिशूलीको खोज तथा उद्धार स्थगि
- पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
- बाढीपीडितका लागि झापाका निजी विद्यालयले जुटाए १ करोड ८ लाख
दाजुलाई कुटपिट गरेर मारेपछि फरार भएका रतनलाई गएराति मेचीनगर-१५ स्थित आफन्तको घरबाट पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।
पक्राउ परेका रतनलाई इलाका प्रहरी कारले अनारमनीकाे हिरासतमा राखिएको छ । कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइनेछ ।



















