रवीन्द्र काफ्ले पाँचथर– पाँचथरबाट प्रतिनिधित्व गर्ने प्रदेश १ का प्रदेशसभा सदस्य गणेशकुमार काम्बाङ माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०मा खुलेसँगै एमालेका नेताहरूबीच दलबदल प्रक्रिया सुरु भएको छ ।
काम्बाङ नेकपा ९एस०मा खुले पनि जिल्लाका अन्य नेताहरू तथा जनप्रतिनिधिहरू भने खुलिसकेका छैनन् । गत जिल्ला अधिवेशनबाट निर्वाचित एमालेका चार जना पदाधिकारीहरूमध्ये अध्यक्ष राजकुमार भण्डारी र उपाध्यक्ष भुवानीप्रसाद लिङ्देन विगतबाटै अध्यक्ष केपी शर्मा ओलीका पक्षमा छन् । १० बुँदे सहमति कार्यान्वयन भएसँगै उपसचिव धनकुमार फियाक पनि एमालेमै रहने भएका छन् ।
एमालेका तत्कालीन सचिव तिवेन्द्रराज चापागाईंसहित विगतमा नेता नेपालको पक्षमा रहेका नेताहरू कमलप्रसाद जबेगु, प्रेमप्रसाद रिजाललगायतले कुन दलमा रहने भनेर सार्वजनिक गरिसकेका छैनन् ।
जिल्लामा एमालेबाट निर्वाचित अधिकांश जनप्रतिनिधिहरू भने एमालेमै रहने देखिएको छ । एमालेबाट प्रतिनिधिसभामा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, प्रदेशसभामा काम्बाङ र आशारत्न जबेगु निर्वाचित थिए । काम्बाङबाहेक नेम्वाङ र जबेगु विगतदेखि नै एमालेको संस्थापन पक्षमा छन् । जिल्ला समन्वय समितिमा प्रमुखसहित छ जना सदस्य एमालेले जितेको थियो । समितिका प्रमुख विष्णुप्रसाद सापकोटा ९विमल०समेत विगतदेखि नै एमालेको संस्थापन पक्षमा छन् ।
- आयल निगमको चारआली डिपोबाट निकालिएका कर्मचारी आन्दोलित
- खयरडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
- न्यायाधीशहरूबारे सामाजिक सञ्जालमा जथाभावी नबोल्न सर्वोच्चको चेतावनी
- सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर
- महतको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
जिल्लाका आठवटा स्थानीय तहमध्ये एमालेले चारवटा गाउँपालिकामा अध्यक्ष र पाँचवटा गाउँपालिकामा उपाध्यक्ष जितेको छ । यीमध्ये हिलिहाङ गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देन र कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ एमाले संस्थापन पक्षमा छन् ।
नेता नेपाल निकट मानिएका याङ्वरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरे तथा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले एमाले एकताका पक्षमा जोड दिँदै आएका थिए । १० बुँदे सहमति कार्यान्वयनपछि उनीहरू एमालेमै खुलेका छन् ।
याङ्वरककी उपाध्यक्ष कमलकुमारी योङहाङ ९कमला०, कुम्मायककी उपाध्यक्ष सीता आचार्य, मिक्लाजुङकी उपाध्यक्ष उर्मिला राई र तुम्बेवाका उपाध्यक्ष धनप्रसाद साँवा एमाले संस्थापन पक्षमा छन् । हिलिहाङकी उपाध्यक्ष सुमित्रा उप्रेती ९सेढाईं०ले भने कुन दलमा रहने भनेर बताएकी छैनन् । उप्रेती नेपाल पक्षकी हुन् । एमालेबाट निर्वाचित वडा अध्यक्षसहितका केही जनप्रतिनिधिहरूले नेकपा एसमा सनाखत गर्न सक्ने भए पनि हालसम्म कसैले पनि सनाखत गरिसकेका छैनन् ।
पाँचथरबाट तात्कालीन एमालेमा एक जना मात्र केन्द्रीय कमिटी सदस्य थिए । एमालेको गत महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फे उपचारका क्रममा भारतमा छन् । उनी एमाले संस्थापन पक्षका नेता हुन् ।
नेकपा मालेबाट तत्कालीन बाम गठबन्धनमा सामेल भई तत्कालीन नेकपाको केन्द्रीय सदस्य रहेका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङ पनि एमालेमै रहेका छन् भने माओवादीबाट संविधानसभाको सदस्य भई स्थानीय विकास राज्यमन्त्री बनेका श्रीप्रसाद जबेगु पनि एमालेमै छन् ।