झापा– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार कोरोना महामारी नियन्त्रण नभएसम्म महाधिवेशन गर्न नहुने जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
रिटमा महामारीका समयमा महाधिवेशन गर्दा कोरोना फैलिने भएकाले कोरोना नियन्त्रण भएपछि मात्र महाधिवेशन गर्नेगरी आदेश माग गरिएको छ। बैधले जनस्वास्थ्यलाई ख्याल गरेर रिट हालेको बताएका छन् ।