२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

मिर्गाैला प्रत्यारोपण गरेर स्वदेश फर्किए खनाल



झापा–पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गाैला प्रत्यारोपण गरेर सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा नेता खनालको मिर्गौला प्रत्यारोपण गरिएको हो ।

खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।