११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

प्रदीपले छोडे माधवको साथ




झापा- नेकपा एकीकृत समाजवादीमा समाहित भएका प्रदीप नेपालले माधवकुमार नेपालको साथ छोडेको घोषणा गरेका छन् । फेसबुक स्ट्याटस मार्फत् उनले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद नमानेको भन्दै साथ छोडेका हुन् ।

‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नूस् भनेको थिएँ’ उनले लेखेका छन् ‘तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । बिदा ।’ नेता नेपालले आफू सधैँ तानाशाही प्रवृत्तिको विरोधी रहेको बताएका छन्।

उनले माधव नेपालप्रति लक्षित गर्दै लेखेका छन्, ‘तपाईँ पनि झेली कुरा गर्न सिक्नु भएछ ।’ उनले माधव नेपालले जबज त्यागेका कारण उक्त पार्टीमा रहन नसक्ने घोषणा गरेका हुन् । यसअघि दल दर्ताका लागि निर्वाचन आयोगले गराएको सनाखतमा सहभागी थिए । माधव नेपालको साथ छाडे पनि केपी नेतृत्वको पार्टीमा भने आफू नजाने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  ५ : १७ बजे