झापा–वीरता जेसीज सन् २०२१ का महासचिव एलसी श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् ।
बिहीवार बिर्तामोडस्थित वीरता जेसीज सचिवालयमा आयोजित कार्यक्रमकाबीच जेसीजका अध्यक्ष राजीव धिमाल र महासचिव श्रेष्ठले पत्रकार उपचार कोषका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।
- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
कार्यक्रममा मन्तव्य राख्दै जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, कार्यक्रम संयोजक जीवन खड्का, कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत लगायतले पत्रकारको दिगो हितका लागि जन्मोत्सवको अवसरमा उपचार कोषमा सहयोग गरेर श्रेष्ठले परोपकारी काम गरेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुशीला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु होमप्रकाश अधिकारी र रञ्जित परियारको उपस्थिति थियो । कार्यक्रममा टीकाराम खतिवडाले जेसीज आस्था वाचन गरेका थिए ।
महासंघका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
















