झापा– झापाको भद्रपुर–९ स्थित भित्रि सडकमा मोटरसाइकलको ठक्करबाट एकजना गर्भवतीको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी २३ वर्षीया दीक्षा चौलागाँईको मृत्यु भएको हो ।
गएराति पौने नौ बजे चौलागाँईलाई उक्त मोटरसाइकलले ठक्कर दिएको थियो । घाइते अवस्थाकी चौलागाँईलाई तत्काल उपचारका ओमसाइ पाथिभरा अस्पतालमा भर्ना गरिए पनि त्यहाँ सम्भव नभएपछि आफन्तले राति ५० किलोमिटर टाढा दमकको लाइफ लाइन अस्पताल लगेका थिए ।
अस्पताल लगेको केहीबेरमा आज विहान २.३० बजे चौलागाँईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । चौलागाँई सुत्केरी हुने अवस्थामा थिइन् । यसै महिनाको अन्त्यमा उनको बच्चा हुने थियो । घटनापछि प्रहरीले मोटरसाइकल चालक भद्रपुर–९ का ३३ वर्षीय मनप्रसाद तिवारीलाई पक्राउ गरेको छ ।
- पत्रकार गौतम प्रेस युनियनको केन्द्रीय सदस्य मनोनित
- प्रहरीको गोलीबाट युवकको मृत्युपछि सुनसरी तनावग्रस्त : अनिश्चितकालीन कर्फ्यु
- बुट्टावारी गोल्डकपमा ३ लाख ३६ लाख बचत
- मेची क्राउनमा स्वामित्व फेरबदल : क्षमादेवी ग्रुप बाहिरियो, सापकोटा बने बहुमत शेयरधनी
- सत्ता सहकार्यको सहमति : तीन प्रदेश एमाले र दुई प्रदेशमा माओवादी नेतृत्वमा सरकार
मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका कारण उक्त दुर्घटना भएको ट्राफिक प्रहरी सहायक निरीक्षक याम खँड्काले बताए । चालक तिवारी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।


















